हिजो झगडा गरेकै हो, अब मिलेर देश बनाउनुपर्छ : ओली
काठमाडौं: प्रधान मन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको उद्घाटन गर्दै विगततिर फर्केर पश्चाताप गर्ने समय सकिएको बताएका छन्। ‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं, भनेर त्यतातिर फर्कने समय होइन यो। अब सबै मिलेर देश निर्माण लाग्नुपर्छ,’ उनले भने।