प्रधानमन्त्री ओलीसँग युएनका उपमहासचिवको शिष्टाचार भेट
काठमाडौँ, ३० कात्तिक- प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (युएन)का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनुभएको छ । उपमहासचिव मोहम्मद शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार…