सोफामा बसेकालाई पिर्कामा झार्ने होइन, पिर्कामा रहेकालाई सोफामा राख्ने हो : प्रधानमन्त्री ओली
काठमाडौँ, ३१ वैशाख - प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र विकास, समृद्धि र समानताको बाटोमा लैजान चाहेको बताउनुभएको छ । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिद्वारा प्रस्तुत प्रतिवेदन ग्रहण गर्दै उहाँले त्यसका लागि जनमुखी, दक्ष, स्वच्छ र निष्पक्ष सार्वजनिक प्रशासनको खाँचो रहेको बताउनुभयो । तीव्र विकास, अत्यधिक उत्पादन, समुचित वितरण…