एशिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन शुरु
काठमाडौँ, २२ जेठ- प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रीय बालविकास सञ्जाल तथा प्रारम्भिक बाल हेरचाह र शिक्षा नीति मञ्चको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रुपमा राखेकाले उनीहरुको हेरचाह, विकास र स्वास्थ्यका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने जानकारी दिनुभयो ।…