बालबालिकासँग प्रधानमन्त्री: म केटाकेटी हुँदा केटाकेटी जस्तै थिएँ !
काठमाडौं : पुसको चिसो। मंगलबार अपरान्ह १२ः३० बजे। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल। सदाझै विभिन्न सांस्कृतिक कार्यक्रम हुने मञ्चभरी फूलैफूलले भरिएको छ। मञ्चको दायाँपट्टी अलि अग्लो बोर्ड राखिएको छ, जसमा लेखिएको छ, नयाँ वर्ष नयाँ पाइला, बालबालिकासँग प्रधानमन्त्री। फूलैफूलको अगाडितिर चारवटा कुर्सी र एउटा टेबुल राखिएका छन्। स्कुल पोशाकमा सजिएका २…