‘हिंसा छाडे मात्र चन्दसँग वार्ता’
विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द समूहसँग तत्काल वार्ता नहुने बताएका छन् । नेकपा प्रदेश १ कमिटीका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रममा आइतबार उनले वार्ताका लागि हतियार बुझाएर हिंसा छाड्नुपर्ने बताए । ‘चन्द समूहले हतियार बुझाएर हिंसा छाडेपछि मात्र वार्ता हुन्छ, यसो गर्दा कसैको टाउको दुख्छ भने दुखोस्,’ उनले…