नेपाली र चिनियाँ लगानीकर्ताबीच ८ परियोजनामा समझदारी, बेइजिङमा हस्ताक्षर
६ असार, बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ ।बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।…