NP EN

प्रधानमन्त्री ओलीद्वारा एक नेपाली एक फलफूलको विरुवा अभियान सुरु

काठमाडौं २२ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको विरुवा अभियान सुरु गर्नुभएको छ । विश्व वातावरण दिवशको अवसरमा आज सिंहदरबारमा लिची र एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले यो अभियानको सुरुवात गर्नुभएको हो ।

अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले आज देशैभरी १ लाख भन्दा बढी फलफूलका विरुवा रोपिने जानकारी दिनुभयो । “सबैले फलफूलका विरुवा रोप्ने अभियान चलाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “फलफूल रोपे हरियाली पनि हुन्छ । फल खानपनि पाइन्छ ।” फलफूलको बगैचाले इकोसिस्टम समेत सन्तुलित बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपाललाई फलफूलको सुन्दर बगैंचा बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न  फलफूल रोपण अभियानले पनि ठुलो सहयोग गर्नेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सिंहदरबार परिसरमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल लगायत मन्त्री र सचिबहरुले समेत विभिन्न जातका  फलफूलका विरुवा रोप्नु भएका छ । 










 

सम्बन्धित