NP EN

ओलीको प्रश्न– छिमेकीहरुसँग देशको न्योचित हितमा कुरा गर्न नसके किन डेलिगेसन जानु ?

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परराष्ट्र मामिलामा देश भित्रका शक्तिहरु एकजुट हुनु पर्ने वताउनु भएको छ । पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले विदेश सम्बन्धमा असंलग्नताको नीति छोड्न नहुने पनि वताउनु भयो । 

रुस–युक्रेन युद्धमा नेपालले कसैको पक्ष लिन नहुने उहाँको भनाइ थियो । नेपाल सरकारले विगतमा युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेकामा अध्यक्ष ओलीले त्यसबाट नेपालले आफ्नो न्युट्रालिटी कायम गर्न नसकेको वताउनु भयो ।

‘भारतले न्युट्रालिटी कायम राख्नुपर्ने तर हामीले साँढे जुधेका ठाउँमा बाच्छो बनेर जान हुँदैन थियो । न्यूट्रालिटी हाम्रो शक्ति हो । हामी शान्तिका पक्षधर हो’ अध्यक्ष ओलीले भन्नु भयो, ‘युद्ध नहोस्वा, र्ताबाट समाधान होस् भन्ने हाम्रो मत हुनुपर्छ। हामीले एउटाको पक्षमा लागेर, न्यूट्रालिटी गुमाउनु हुँदैन ।’


अध्यक्ष ओलीले परराष्ट्र मामिलामा कम्तीमा देशभित्रका शक्ति एकजुट हुनुपर्ने बताउनु भयो । अहिले प्रधानमन्त्री र सरकारले बाह्य देशसँग के सहमति गर्छन् भन्ने नै थाहा हुन छाडेको ओलीको टिप्पणी थियो ।

‘अस्ति प्रमको भारत भ्रमणमा ईपीजीबारे कुरा नै उठाएनन् । नेपाली भूमिलाई विवादित बनाउन खोजिएको छ । कुरा नै उठाइएन । सत्ता स्वार्थ केन्द्रित भयो राष्ट्रिय हित केन्द्रित भएन । यसमा राष्ट्रिय सहमति हुनुपर्थ्यो । तर त्यो राष्ट्रिय हितमा हुनुपर्छ । अन्यथा नेकपा एमालेलाई मान्य हुँदैन’ उहाँले भन्नु भयो ।

अध्यक्ष ओलीले नेपालको छिमेकी भारत र चीनमात्र भएकाले सीमा समस्या पनि यी दुई देशसँग मात्र हुन सक्ने बताउनु भयो । यदि सीमा  समस्या भएमा आपसी सहकार्यमा टुंग्याउनुपर्ने उहाँको भनाइ थियो ।

‘हामीले हाम्रा छिमेकीलाई स्पष्ट ढंगले भन्नुपर्छ, छिमेकी त्यसैमाथि मित्रसँग पनि कुरा गर्न सकिँदैन भने डेलिगेसन जानुको अर्थ के रह्यो ? त्यसैले छिमेकीसँग हाम्रो न्यायोचित हितका लागि कुरा गर्न सक्छौं, सक्नुपर्छ’ उहाँले भन्नु भयो, ‘न्यायोचित हितमा कुरा गर्न सकिंदैन भने किन जानु ?’

सम्बन्धित