NP EN

प्रधानमन्त्री ओलीद्धारा मन्त्रीपरिषद विस्तार

 काठमाण्डौ २ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद विस्तार गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाउनु भएको छ । प्रधानमन्त्री ओलीले आज १० जना मन्त्री र ३ जना राज्य मन्त्री  नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्नुभएको थियो ।



आज नियुक्त हुनुभएका मन्त्रीहरुमा प्रदिप ज्ञवाली परराष्ट्र, वर्षमान पुन उर्जा जलस्रोत तथा सिंचाइ गीरीरजामणी पोख्रेल शिक्षा,विज्ञान तथा प्रविधि,रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात नियुक्त हुनुभएको छ । यसैगरी गोकर्ण विष्ट श्रम रोजगार तथा सामाजिक सुरक्षा,जगत बहादुर सुनार(विश्वकर्मा) युवा तथा खेलकुद,रविन्द्र प्रसाद अधिकारी संस्कृति,पर्यटन तथा नागरिक उडड्यन ,शेरबहादुर तामाङ कानुन न्याय तथा संसदीय मामिला चक्रपाणी खनाल कृषि भूमि व्यवस्था तथा सहकारी र बीना मगर खानेपानी मन्त्री नियुक्त हुनुभएको छ ।



​यसैगरी प्रधानमन्त्री ओलीले चार जना राज्य मन्त्री पनि आजै नियुक्त गर्नुभएको छ । जसमा पद्मा कुमारी अर्याल स्वास्थ्य तथा जनसंख्या,गोकुल बास्कोटा सञ्चार तथा सुचना प्रविधि,धनबहादुर बुढा संस्कृति,पर्यटन तथा नागरिक उड्ययन र रामकुमारी चौधरी  कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री ओलीले आजै नवनियुक्त राज्य मन्त्रीहरुलाई पनि सपथ ग्रहण गराउनु भएको छ ।
 

सम्बन्धित