पदभार ग्रहणपछि ओलीको घोषणा : दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् ।बिहीबार पदभार ग्रहण गर्दै उनले २ वर्षभित्र गाउँपालिका र नगरपालिकामा सीटीईभीटीको सम्बन्धनमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका हुन् ।