NP EN

​गौतमबुद्ध जन्मस्थलका बारेमा भ्रममा नपरौँ : प्रम ओली

काठमाडौँ, १९ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमै भएको हुनाले यस विषयमा कुनै भ्रम र विवाद नरहेको बताउनुभएको छ । ‘गिनीज बुक अफ द वल्र्ड रेकर्डस्’ का लागि आज काठमाडौंको टुँडिखेलमा भएको बुद्धवचन ‘धम्मपद’ कार्यक्रममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजीएको बताउनुभयो । संवोधनको क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयोे, “बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगरौं ।” 

विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै उहाँले सिरीयामा भइरहेको हत्या हिंसाको विरोध गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “दुनीयाका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरवाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौं, शान्ति र मित्रताले अगाडि बढौं ।” 




 

सम्बन्धित