NP EN

सुन तस्करी ढाकछोप गर्न सरकारले संसद् बन्द गरायो– अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको वताउनु भएको छ। सदन चले सुन तस्करीबारे सरकारमाथि प्रश्न उठ्न सक्ने भएकाले सरकारले सूचना टाँसेर बैठक स्थगित गर्न सभामुखलाई दवाव दिएको खुलासा गर्नु भएको हो । 

तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दवाव दिएको स्पष्ट पार्नु भएको हो। 

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार भयभित भएको टिप्पणी गर्नु भयो। सरकारले नै सदनको अवरोध हटाउन नचाहे पनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको अध्यक्ष ओलीले वताउनु भयो । 

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास गरेको वताउनु भयो। सरकारको संरक्षणमा दिनहुँ क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सत्ता सहयोगी दल नेपाली कांग्रेस मौन रहेको भन्दै ओलीले आश्चर्य व्यक्त गर्नु भयो ।

सम्बन्धित