NP EN

हरेक नागरिकलाई आफू खुशी धर्म र संस्कृति अवलम्बलन गर्ने हक : प्रम ओली

काठमाडौ,२२ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नागरिकलाई  आफु खुशी धर्म र संस्कृति अवलम्बन गर्ने हक रहेको उल्लेख गर्नुभएको छ ।

मुस्लिम धर्मावालम्वीहरुको महान चाड ईद उल फित्रको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

“हरेक नेपालीको धार्मिक तथा साँस्कृतिक जीवनमा हर्षाेल्लासका साथ सहभागी हुने अधिकार सुनिश्चित गरिएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “ उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश समृद्ध नेपाल सुखी नेपालीेको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर छ ।” 

प्रधानमन्त्री ओलीले संविधानले धार्मिक र साँस्कृतिक स्वतन्त्रता सहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरेको स्मरण गर्नुभएको छ ।  “नेपालका मुस्लिम समूदाय लगायत सबैको धार्मिक तथा साँस्कृतिक अधिकारहरुको प्रत्याभूति भइसकेको छ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “ देशमा इस्लाम धर्मावलम्वीहरुको धार्मिक स्वतन्त्रता तथा हक–अधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्था अनुरुप मुस्लिम आयोग पनि क्रियाशील छ । ”

मुस्लिम धर्मावलम्बीहरुको सम्मान गर्दै सरकारले आज सार्वजनिक विदा दिएको पनि प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

 

सम्बन्धित