NP EN

प्रधानमन्त्री ओलीद्वारा हरीतालिका तिजको शुभकामना

काठमाडौं, २७ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले हरीतालिका तिजको अवसरमा सम्पूर्ण दिदी बहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज एक शुभकामना सन्देश दिंदै तिज पर्वले सम्पूर्ण महिलाहरुलाई एकतावद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस भन्ने सन्देश दिनु भएको छ । 

नेपाल जस्तो बहुसाँस्कृति,बहुधार्मिक ,बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालहीरुलाई एक सुत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्री ओलीले शुभकामनामा उल्लेख गर्नुभएको छ ।

तिज पर्वलाई समय अनुसार परिस्कृत गरेपनि यसको मौलिकतालाई कायम राख्नु पर्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । “तिज पर्वको मौलिकतालाई भुलेर यसलाई भड्किलो र खर्चिलो बनाउनेतिर लाग्नु हुदैन” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “यस पर्वले कहीं न कहीं महिला स्वतन्त्रताको इतिहास बोकेको छ । यसलाई त्यसै रुपमा जोगाएर लैजानु पर्दछ । ”

सम्बन्धित