NP EN

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

४ मङ्सिर (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औं विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीप, २०२४ मा पदक प्राप्त नेपाली खेलाडीलाई सम्मान गर्नुभएको छ । 
प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गर्नुभएको हो । यही नोभेम्बर ५ देखि ११ मा माल्दिभ्समा भएको  प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गर्नुभएको थियोे ।
प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकाले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाउनुभयो ।
नेपाल शारीरिक सुुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवद्र्धनमा समेत योगदान मिल्ने भएकाले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित