NP EN

मेरो जेल अनुभव र नयाँ पुस्ता

यो आलेखमा म जेलबारे कुरा गर्दै छु  

जेलबारे चर्चा त पछि पनि होला तर हाम्रोजस्तो अनुभवचाहिँ अब पछिल्लो पुस्ताले गर्न पाउनेछैन समयले अब समाजलाई त्यस स्थितिमा फर्कन दिँदैन समाज धेरै अघि बढिसकेको छ तसर्थभोगाइको हिसाबले हाम्रो पुस्ता नै अन्तिम हो भन्दा हुन्छ 

आजको नयाँ पुस्ताले जेल र यातनाबारे अनुभूति कसरी गर्छ कुन्निआगोले पोलेको भोगाइ र अरूको कुरा सुनेर पोलेको महसुस गर्नु असाध्यै फरक अवस्था हो


०००

हामीलाई राज्य विप्लवको आरोपमा मुद्दा चलाइएको थियो फाँसी  मृत्युदण्डको सजाय माग गरिएको थियो गोलघरमा थुनिएको थियो मृत्युदण्ड पाउने बन्दीलाई अन्य बन्दीसँगै राख्नुहुँदैन भनेर गोलघरमा राखिएको थियो

गोलघरमा पूर्वपट्टि देब्रे र दाहिनेतिर ढोका छदुईवटा लामा घर पनि छन् बीचमा ठूलो स्पेस  त्यो खुला ठाउँमा एउटा चारकुने घर  त्यहीबीचमा फेरि एउटा चोक  चोकको छेउछेउमा ससाना फलामका ढोका हालिएका ससाना कोठा छन् त्यहाँ असाधारण अपराधीमानसिक सन्तुलन गुमाएका वा मृत्युदण्ड सुनाइएका राजनीतिक बन्दीलाई राखिन्छ। मलाई पनि त्यहीँ राखिएको थियो गोलघरमा राख्नुको अर्थ मृत्युको फैसला सुन्नु मात्रै हुन्थ्यो तपाईंहरूलाई अहिले यो कुरा थाहा पाउँदा कस्तो लाग्छ कुन्निहामी गोलघरमा मृत्यु पर्खेर बसेका थियौं आफूलाई मारिने दिन कुर्दै बसेका थियौं


यस्तो अवस्थामा बस्नुपर्दा मानिसमा धेरै किसिमले प्रभाव पार्दो रहेछ पहिले  जैविक हिसाबले प्रभाव पर्ने भैगयो मर्ने भइयो भन्ने लाग्दो रहेछ त्यसपछि राजनीतिक प्रभाव पर्दो रहेछ जेल परेको छु मुद्दा चलेको   सत्ताविरोधी भएकैले मेरो ज्यान लिने अप्राकृतिकअमानवीय र तानाशाही प्रहार भएको छ भन्ने एक किसिमको आक्रोश पनि हुँदो रहेछ एउटा जैविक परिवेशभन्दा माथि उठेर समाज परिवर्तनको नायकअभियन्तामार्गदर्शकको रूपमा अडिग रहनुपर्छ भन्ने भाव आउँदो रहेछ त्यसपछि जीवन के होमृत्यु के होमलाई फाँसी दिने फैसला गरेको मान्छे मभन्दा पहिला मर्छ कि पछि मर्छजस्ता गम्भीर प्रश्नहरू दार्शनिक कोणबाट आउँदा रहेछन् जब जैविक भावबाट दार्शनिकतामा पुगिन्छत्यसपछि मृत्यु भन्ने कुरा त्यति ठूलो विषय बन्दो रहेनछ मृत्यु सम्झँदा पनि शरीरमा काँडा नउम्रने रहेछ बरुजतिजति दिन बित्दै जान्छआज तानाशाहीको एउटा दिन छोट्टियो भन्ने अनुभूति हुँदो रहेछ


जेलमा रहँदा म बिहानै उठेर नित्यकर्म सकेपछि अलिकति व्यायाम गर्थें पढ्ने कुरा केही  भने पढ्थेँ जेलमा बिहान सबेरै खाना खाने चलन थियो८/९ बजेतिरै खाना खाइसकिन्थ्यो त्यसपछि प्रायः कोठामै बस्थेँ पढ्न पाउने समय पढ्योलेख्न पाउँदा केही लेख्यो र चिन्तन गर्‍यो एवम्रीतले दिन गुज्रन्थ्यो त्यहाँका मानिसहरू अक्सर रूखो बोल्थे उनीहरूको रूखो बोलीसँग मेरो टक्कर परिरहन्थ्यो उनीहरू सम्मानहीन ढंगलेहेपेरअभद्र ढंगमा बोल्ने गर्थे बोलीमा उनीहरूभित्र रहेको कुण्ठा र त्यसले उत्पन्न गरेको चिड्चिडाहट देखिन्थ्यो


साधारणतया घाम नअस्ताउँदै बेलुकीको खाना खाइसक्नुपर्थ्यो साँझ चार–पाँच बजेतिरै खाना आइपुग्थ्यो वर्षायाममा सारै ढिलो खाँदा  बजेसम्म खाना खाइसकिन्थ्यो खाजा वा चियानास्ता गर्न पाइँदैनथ्यो त्यसका लागि पैसा नै पुग्दैनथ्यो जम्माजम्मी डेढ माना चामल  ६०/७५ पैसा दिइन्थ्यो त्यसबाटै दैनिकी चलाउनुपर्थ्यो दाउरातेलदालनुनमञ्जनसाबुनजुत्ता चप्पलतरकारी सबै त्यति पैसाले पुर्‍याउनुपर्थ्यो जेलमा खाना आफैं बनाउनुपर्थ्यो तर राजनीतिक बन्दीहरूको भने ‘मेस’ थियो हामी पैसा उठाएर एकै ठाउँमा राख्थ्यौं अनि त्यही पैसाले किन्थ्यौं त्यसले हामीलाई दैनिकी चलाउन सजिलो पार्थ्यो


प्रायः बन्दीहरू कठिनाइभित्र पनि रमाइलो गर्थे दालको कथा अहिले सम्झँदा पनि मलाई रमाइलो लाग्छ त्यो दिन खाना खाने बेला भएको थियो कुनै एक जनाले खाना बनाउने व्यक्तिलाई भन्यो— यो बेसार–पानीजस्तो के बनाउनुभएको हो?


खाना बनाउने व्यक्तिले भन्यो— दाल हो


उसले फेरि सोध्योदाल भएको भए त गेडागुडी फेला पर्नुपर्ने नि त !


खाना बनाउने व्यक्तिले भन्यो— यो काँचो दाल होइनपकाएको दाल हो पकाएपछि दाल पग्लिन्छ


३५ जनाको हाम्रो मेसमा जम्मा आधा चौथाइ दाल पाक्थ्यो त्यति थोरै दाल त्यत्रो जनाले खाँदा त्यसको गेडा कसरी भेट्नुत्यही पग्लिएको दालको झोलसँग पनि हामी खाना खुसी भएर खान्थ्यौं त्यस्तो परिस्थितिमा खानाको महत्त्व बुझिन् अहिले भोकाएपछि खाना खाने चलन छैन भोक लाग्नै नपाईअथवा अलिकति पेट खाली भएको महसुस हुनासाथ खाइहाल्छौं भोक हामीले चिनेकै छैनौं


म जेल परेको पहिलो ६ वर्ष कसैसँग भेट्न दिइएन त्यति लामो समय कसैले भेट्न नपाएपछि परिवारका सदस्यहरूमा पनि जेलमा भेट्न जाने आदत नै हराइसक्या हुन्थ्यो


त्यति हुँदाहुँदै पनि यस्सो दुई–चार जना कहिलेकाहीँ भेट्न आउँथे आफन्तलाई देख्न पाउँदा खुसी लाग्थ्यो भेटघाट गर्न  के पाउनु  ! देखादेखजस्तो मात्रै हुन्थ्यो भित्र  बाहिर बसेरसरकारी जासुस छेउमा राखेर कुरा गर्नुपर्थ्यो आत्मीय ढंगले कुरा गर्न पाइँदैनथ्योमनका कुरा खोल्न पाइँदैनथ्यो


म बस्ने कोठा कस्तो थियो भनेर सायद अहिलेको पुस्ताले अनुमान पनि गर्न सक्दैन त्यो  फिट लामो४ फिटजति चौडा कोठा थियो चारैतिर धेरै नै मोटो पर्खाल थियो पर्खालबाट पानी पलाउँथ्यो कोठामा घाम कहिल्यै आउँदैनथ्यो खुट्टा पसार्न पनि गाह्रोमान्छे बस्न मिल्ने तर उभिन नमिल्ने खालको कोठा थियो


जेलमा शौचालय थिएन कोठामा सानो प्वाल पारिएको थियो त्यसमै दिसापिसाब गर्नुपर्थ्यो त्यो प्वालमा मुसाहरू खेल्थे निदाउन खोज्योमुसाले दिसा ल्याएर सिरकमाथि छरिदिन्थ्यो


राति मुख सुक्थ्योतर कोठामा पानीको थोपो हुँदैनथ्यो साँझ चार–पाँच बजे खाना खाएपछि बिहान नहुन्जेल पानी पिउन पाइँदैनथ्यो काकाकुल भएर बिहान  बजेसम्म कुर्नुपर्थ्यो मैले एक दिन पानी खान सुराही चाहियो भनेँ तर ‘सुराही फुटाएर घाँटी रेटेर र्‍यौ’ भने के गर्ने भन्दै दिएनन् मैले भनेँ, ‘म मर्न परे गोली खाएर मर्छुतर आत्महत्या गर्ने कायर म हैन माटाको खपटाले रेटेर कहीँ घाँटी छिन्छ  मानिस मर्छ?’ तर मेरो कुरा कसैले सुनेन कुनै एउटा भाँडामा  पानी देऊ भन्दा पनि दिएनन् मैले दूधको प्याकेटमा भए पनि पानी देऊ भनेँ ‘प्याकेट घाँटीमा अड्केर मर्‍यौ’ भने के गर्ने भन्न थाले उनीहरूको उद्देश्य नै निहुँ खोज्ने  ‘हुँदैन’ भन्ने मात्रै हुन्थ्यो तर हामीले पछि अनशन बस्नेखाना नखाने गरेर २०३५ सालतिर पानी खाने सुराही लिइछाड्यौं


त्यसबखत हाम्रो मनस्थिति अलि बढी एग्रेसिभ थियोदुःख दिने मान्छे देख्दा रिस उठ्थ्यो आफूलाई मानसिक रूपमा सन्तुलित राख्न सहज थिएन त्यो ठाउँमा त्यहाँको वातावरण नै त्यस्तै खालको हुन्थ्यो मसँगै जेलमा मानसिक सन्तुलन गुमाएका बन्दीहरू पनि थिए उनीहरूको व्यवहार अनौठो हुन्थ्यो कोही राति सुतिरहेका हुन्थ्ये त कोही रातभरि जाग्राम बसेर बिहानपख सुत्थे राति ननिदाएको व्यक्तिले मस्त सुतिराखेको व्यक्तिलाई तथानाम गाली गर्थ्यो फेरि  सुतेपछि त्यसलाई अर्कोले सराप्न थाल्थ्यो


मानसिक अवस्था निकै खलबलिएका पूर्ण कुमाल नाम गरेका एक व्यक्तिसँग जोडिएको एउटा रमाइलो कहानी छ त्यसबखत त्यो घटना दुःखपूर्ण थियोतर अहिले सम्झँदाचाहिँ रमाइलो लाग्छ एक दिन मलाई बाहिरबाट मासु–भात आयो यस्सो अलिकति खाएको मात्रै थिएँ, ‘भात मलाई देऊ’ भन्दै उनले मलाई तथानाम गाली गर्न थाले मैले खाना खानै सकिनँ त्यसपछि ैले उनैलाई खान दिएँ खाइसकेपछि उनी रुन थाले भने, ‘माड्सापमान्छे कतिसम्म गिर्न सक्दो रहेछमैले अघि भात त खाइसकेको थिएँ तपाईं भोकै हुनुहुन्छ त्यसै पनि तपाईं सारै कम खानुहुन्छ आज  झन् भोकै पर्नुभयो मैले मन थाम्न सकिनँ  तपाईंलाई खानै दिइनँ  आफैंले खाएँम कति तल झरेँ  आजदेखि मान्छे नै रहिनँ।’ उनी धेरै बेर रोए त्यो दिन


केही दिनपछि फेरि मेरो लागि बाहिरबाट मासु–भात आयो कुमालले फेरि त्यसै गरे यस पटक  सुरुमै तथानाम गाली गर्दै मासु–भात मागे मैले आफूलाई भोक लागेको बताएँ तर उनले मान्दै मानेनन् त्यस दिन पनि मैले मासुभात उनैलाई दिएँ भात खाइसकेपछि खाना ल्याउने मान्छेलाई उनले भने, ‘म मन थाम्न सक्दिनँमासुभात ल्याएको दिन बाहिर लगेर खुवाऊ भित्रै दिए उसले खान पाउँदैन।’ अर्को एउटा कुरा पनि सम्झन्छुती कुमालसँग बागचाल खेल्न भने सकिँदैनथ्यो


अहिले पनि धेरैले मलाई सोध्नुहुन्छ— जेलमा छँदा निद्रा लाग्थ्यो भनेर जेलभित्र मात्र होइन अहिलेसम्म पनि मलाई निद्राको समस्या कहिल्यै परेनबिरामी हुँदाबाहेक किनकिम चिन्ता गर्दिनँ गोलघरमा हुँदा एक दिन मैले कालीप्रसाद रिजालको कविता भेट्टाएँ ‘फेरि एउटा बेकार दिन खेर गयो’ भन्ने आशयको थियो त्यो कविता उनी कवितामा खेर गएको दिनको चर्चा गर्छन् आज केही पनि भएनएउटा बेकार दिन खेर गयो यस्तैयस्तै भाव थियो कवितामा


म त्यो भावभन्दा अलिकति पृथक् थिएँ मलाई रिजालको कविता मन परेको हो तर मेरो जिन्दगी लि भिन्न थियो  अलि फरक ढंगले सोच्थेँ मेरा हरेक दिन व्यर्थका हुँदैनथेम दिनलाई व्यर्थ जान दिँदैनथेँ  केही विचार गरिराखेको हुन्थेँकेही न केही गरिरहन्थेँ सुरुसुरुमा चुरोटका खोलमा कविता लेख्थेँ पछि सादा पानामा लेख्न थालेँ किताबहरू पढ्न थालेँ मेरो धेरै समय चिन्तनमा बित्थ्यो


यी घटनाभोगाइ र व्यवहारलाई समग्रतामा हेर्नुपर्छ भन्ने लाग्छ मलाई पुरानो पुस्ताले गरेको दुःख सहज थिएन त्यो कुनै रोमाञ्च वा रमाइलो थिएन त्यो कष्ट थियोजीवनमरणको आन्दोलन थियो तर पनि हामी आफूलाई ऊर्जाशील राख्न सधैं प्रयत्न गर्थ्यौं हामी निराश थिएनौंजस्तोसुकै अवस्थामा पनि आफूलाई उत्साही बनाइरहन्थ्यौं


पछिल्लो समय ‘डिप्रेसन’ भन्ने शब्द खेलाँचीजस्तो बन्न पुगेको छ यसो सानातिना समस्या वा असफलता मिल्यो कि म त डिप्रेसनमा जाने भएँ भन्ने गरेको सुनिन्छ अहिले आत्महत्या निकै बढिरहेको छ आत्महत्या गर्छु भनेर ताली खाएर हिँडिरहेका मानिस पनि देख्छु युवाहरू आत्महत्या गर्न तयार छन् भनेर ‘प्रोभोक’ गरिएको पनि  ! दुरुत्साहन गर्ने स्वार्थी तत्त्व हुन् तिनलाई हामीले हतोत्साही गर्नुपर्छ युवालाई  परिस्थितिसँग जुध्न पो सिकाउनुपर्छ

प्रकाशित : चैत्र १२२०७९ ०७:१४कान्तिपुर

 

सम्बन्धित