NP EN

ती तीन मृत्यु, जसले मलाई छोएर गए

आज म ७१ पूरा भएर ७२ वर्ष लाग्दै छु मैले आजसम्म बाँचिसकेका दिनहरूभन्दा अब बाँच्ने दिन थोरै छन् उसै पनि  धेरै पटक ‘मरें–मरें’ भनेर बाँचेको मान्छे हुँ हुन  सबैको जीवनमा मृत्यु सँगसँगै हिँडिरहेको हुन्छअझ भनौं त्यो जीवनको निकै नजिक भएर हिँडिरहेको हुन्छ


जीवनलाई टिपूँटिपूँलिऊँलिऊँ र खोसूँखोसूँझैं गर्दै हिँडिरहेको हुन्छ फूलबारीमा घुमिरहेको एउटा व्यक्तिलाई फूल टिपूँटिपूँ लागेझैं मृत्युलाई पनि जीवन टिपूँटिपूँ लागिरहेको हुन्छ

म मृत्युको बारेमा खासै धेरै सोच्दिनँ किनकिमर्नलाई कुनै योजना बनाउनुपर्दैन मर्नु भनेको अन्धकारले छोप्नुजस्तै हो मर्नु अज्ञानताजस्तै होअज्ञानी हुन कुनै मिहिनेत गर्नुपर्दैन ज्ञानी हुनलाई पो मिहिनेत गर्नुपर्छ


मृत्युले कहिले नजिकैबाट झम्टिएको भान दिन्छतर त्यसले जितिसकेको हुँदैन कहिलेकाहीँ केही पनि गरेजस्तो गर्दैनतर झम्टिरहेको हुन्छ मेरो जिन्दगीमा धेरै पटक यस्तो घटना भएको  कैयौं पटक मृत्यु मेरो नजिकैबाट गुज्रिएको  त्यसले मलाई धेरै पटक जबर्जस्ती घिच्याएर आफूसँगै लैजान पनि खोजेको छ


डरपोकहरू मृत्युको कुरा गर्न सक्दैनन् त्यस्ता मानिसहरू मृत्युले समाउन खोजेका बेला उम्कन पनि सक्दैनन् मलाई लाग्छमृत्युलाई बुझेर नै मानिस बढी बाँच्न सक्छ मृत्युसँग डराएन भने त्यसले झम्टिहाल्न सक्दैन मैले जीवनमा एक दर्जनभन्दा बढी पटक मृत्युलाई नजिकैबाट नियालेको छुसाक्षात्कार गरेको छु तीमध्ये तीन वटा घटना आज  सम्झन चाहन्छु


हेलिकोप्टर दुर्घटना

२०५२ साउन २९ गते हामी चढेको हेलिकोप्टर  हजार फिट माथिबाट एक्कासि तल खस्न थाल्यो हेलिकोप्टर तल झर्न थालेपछि अब बाँचिँदैन भन्ने लागेको थियो त्यो तल झरुन्जेल छोटो समयका लागि भयानक पीडा भयो यस्तो लाग्थ्योमृत्यु आँखैअगाडि उभिएको छ हेलिकोप्टर जति जमिन नजिक जान्थ्योमृत्यु त्यति नै नजिक आइरहेको भान हुन्थ्यो उडिरहेको हेलिकोप्टर भुइँमा बजारिन ११ सेकेन्डजति लागेको थियो


भुइँमा बजारिएपछि हेलिकोप्टर कोल्टो परेको थियो ढोका माथितिर अर्थात् आकाशतिर फर्किएको थियो आफूलाई जिउँदो पाउँदा एक पटक हातखुट्टा चलाउन मन लाग्योसद्दे छन्/छैनन् भनेर जाँच्न तिनलाई सद्दे पाउँदा आश्चर्य लाग्यो भुइँमा बजारिएको हेलिकोप्टरभित्र धेरैबेर बस्दा आगो लाग्छपड्कन सक्छ भन्ने डर थियो घाइते अवस्थामा बाहिर निस्कन सजिलो पनि थिएन तर हामी जसोतसो हेलिकोप्टरबाट बाहिर निस्कियौं


बाहिर निस्किएर हेरेपछि ढुक्क भयो– वरिपरि मृत्यु थिएन त्यसले हामीलाई केही घाउचोट भने दिएको थियो थप्पड हानेको थियोकसै–कसैको करङ भाँचिदिएको थियो कसैको हात र्काइदिएको थियो तर मृत्यु भने हामीलाई आक्रमण गरेपछि आफैं टाढाटाढा भागेको थियो मृत्युको त्यो आकस्मिक झम्टाई वास्तवमै खतरनाक थियो बाघले बरु त्यसरी झम्टिँदैन होलामृत्युले त्यसरी झम्टेको थियो हामीलाई त्यसबखत


एपेन्डिसाइटिस अपरेसन

२०७६ मंसिर महिनाको एक दिन मलाई अचानक पेट दुख्यो खप्नै गाह्रो भएपछि मलाई अस्पताल पुर्‍याइयो एपेन्डिसाइटिस भएको रहेछ मेरो आन्द्रामा इन्फेक्सनसमेत भएको देखियो त्यसले गर्दा आन्द्रा सुन्निएको थियो पीप निस्केर आन्द्रातिर फैलिएको थियो आन्द्रामा इन्फेक्सन भएपछि त्यसले झन् छिटो पीप निकालेको र पेटभरि फैलिएको पत्ता लाग्यो तर पीप रक्तनलीमा प्रवेश गर्न पाएनछ डाक्टरहरूले हतारहतार मेरो अपरेसन गर्नुभयो शल्यक्रियापछि मेरो ब्लडप्रेसर स्वाट्टै घटेछ यसरी घटेछ कि मलाई बचाउनै सकिँदैन कि भन्ने आशंकामा डाक्टरहरू पुग्नुभएछ प्रेसर बढाउने तेस्रो डोज औषधि दिँदा पनि बढेनछ स्थितिमा कुनै सुधार आएनछ डाक्टरहरूले  माया नै मार्नुभएछ


मलाई अब्जर्भेसनमा राखिएको थियो  नबाँच्नेजस्तो भएपछि अपरेसन गर्दा चिरिएको घाउ नसिलाईकन त्यत्तिकै छोड्ने कि भन्ने पनि कुरा भएछ तर अपरेसन पूर्ण गर्नुपर्छ भनेर घाउ सिलाइएछ केही समय अब्जर्भेसनमा राखेपछि  बौरिएँ अर्थात् बाँच्ने अवस्थामा पुगें


होस खुल्दा भेन्टिलेटरमा थिएँ डाक्टरले मतिर हेरिराखेको देखें मेरो मुखमा केही राखिएको थियोजसले गर्दा बोल्न मिलेन हातखुट्टा चलाउन खोजेंएनेस्थेसियाको प्रभावले गर्दा त्यो पनि चलेन आँखा डाक्टरतिर फर्काउन खोजेंत्यसो गर्न पनि सकिनँ डाक्टरको धमिलो आकृति देखें मैले केही भन्न खोजेको डाक्टरले बुझ्नुभयो सायदएक जना डाक्टरले भन्नुभयो, ‘मुखमा भेन्टिलेटरको पाइप राखिएको छ तपाईंको फोक्सो आफैं सास फेर्न सक्ने भएपछि त्यसलाई हामी निकाल्छौं त्यसपछि भने तपाईं बोल्न सक्नुहुन्छ।’


अस्पतालमा मलाई पटकपटक होस खुलेजस्तो हुने तर नखुल्ने भयो धेरै पटक त्यस्तो भयो अनि बल्ल होस खुल्यो मैले आँखा खोलेंडाक्टरहरू धेरै खुसी हुनुभएको देखें बल्ल उहाँहरूलाई  बाँच्छु भन्ने लाग्न थालेछ


यी सबै कुरा मलाई निको भएपछि डाक्टरहरूले नै सुनाउनुभएको हो


यो मरिसक्योअब फर्किंदैन’ भनेर सबैले आस मारेको मेरो आफ्नै कथा त मैले कैयौं पटक सुनेको छु तर यस पटकको यो कथा सुन्दा अलि रोमाञ्चक जस्तो लाग्यो अचेत अवस्थामा भएका कुरा सुन्दा अचम्म लाग्छ तर त्यो पीडादायी हुँदैन मृत्युले समाउन खोज्दै गर्दाचाहिँ अलिकति नरमाइलो अनुभव हुने रहेछ


कारागारबाट निकालेर मार्न लैजाँदा

२०३० मंसिर ३ गते रमरम साँझअँध्यारो फैलने क्रममा थियो हामीलाई गौर थानाबाट बाहिर निकालियो  गाडीमा हालियो त्यो गाडीमा गैंची र कोदालो पनि राखिएका थिए


थानामा सब–इन्स्पेक्टर थिए– मोहनप्रसाद अधिकारी र हबलदारको नाम शिव थियो ती हबलदारको थर बिर्सिएँ मैले थानामा ‘माथि’ बाट एउटा पत्र आएको थियो त्यो पत्रमा हामीलाई ‘अड्डा सार गरी माथि पठाइदिनू’ भनी लेखिएको रहेछ अड्डा सार भनेको ठाउँ सार्ने अनि माथि पुर्‍याइदिनू भनेको चाहिँ मारिदिनु अर्थात्पत्रमा हामीलाई ठाउँ सारेर मारिदिनू भन्ने लेखिएको थियो


हामीलाई राखिएको गाडी अगाडि बढ्यो केही अघि पुगेपछि चोक जस्तो ठाउँ आयो सब–इन्स्पेक्टर मोहनप्रसादले आदेश दिए, ‘गाडी दायाँ मोडेर लैजाऊ।’ आदेश पाएपछि ड्राइभरले भन्यो, ‘बाटो त बायाँ हो सर।’


मोहनप्रसादले थपे, ‘मलाई थाहा छ दायाँ लैजाऊ।’ त्यति नै बेला शिव हबलदार बोले, ‘तयारी देब्रेको छसर !’ त्यसपछि मोहनप्रसाद कड्किए, ‘म अफिसर हुँचुप लागेर बस् नत्र ठीक हुन्न।’


गाडी दायाँ मोडेर लगियो पछि थाहा भयोगाडी देब्रेतिर मोडेको भए हामीलाई मार्न तयारी गरिएको ठाउँ पुगिने रहेछ त्यहाँ हामीलाई गोली हानी मार्ने मान्छे तयारी अवस्थामा राखिएको थियो मारेर पुर्न खाल्डोसमेत खनिसकिएको रहेछ दाहिने मोडिएको केही घण्टापछि हामी चन्द्रनिगाहपुर पुग्यौंचकमन्न रातमा


दुई महिनादेखि हामीले एक छाक पनि पेटभरि खान पाएका थिएनौं चन्द्रनिगाहपुरमा हामीलाई खाना खान दिइयो लामो समयपछि खान पाएकाले त्यसबखत खाना यसरी खायौं किआफैंलाई लाज लाग्यो तर भोकका अघिल्तिर लाजको के अर्थ  ! हामीले धेरै पटक खाना थप्यौं


त्यो दिन हामीलाई बायाँतिर मोडेर लगिएको भए गोली खाएर ढलिरहेका हुन्थ्यौं कोही हामीलाई खाल्डोमा पुरिरहेका हुन्थे तर गाडी दाहिने लाग्दा खाल्डामा पुरिने बेला हामी थपीथपी मासुभात खाइरहेका थियौं त्यसरी खान पाउँदा बडो आनन्द आएको थियो


आनन्द मभित्र धेरैबेर टिक्न पाएनएउटा कुराले पिरोल्न थाल्यो मलाई– अब यो सब–इन्स्पेक्टरको हालत के हुन्छहामी त थप केही घण्टा बाँचौंला तर उसको जिन्दगी के हुन्छ?


मैले सब–इन्स्पेक्टरलाई सोधें, ‘आखिर हामीलाई त मारिहाल्छन्तपाईंले यत्रो जोखिम किन मोल्नुभयो?’


उनले उत्तर दिए, ‘मलाई मारिहाल्दैनन् हुन  तपाईंलाई पनि अब मार्दैनन् होला मैले आफूलाई मार्नुपर्ने गरी केही गरेको छैन गए यही एउटा जागिर जान्छ गाउँमा मेरा बा–आमाले जोगाएर राखेको खेतबारी जोतेर खान पुग्छछोरा–छोरी पढाउन पुग्छ मैले तपाईंहरूको कुरा सुनेको छु तपाईंहरूले दिएको बयान पढेको छु  देशभक्तहरूको हत्यामा आफ्नो कुनै पनि किसिमको संलग्नता जनाउन चाहन्नँजेसुकै सजाय भोग्नुपरोस्  देशमा परिवर्तन होस्जनताले सुख पाऊन् भन्ने चाहन्छु मैले सेवा गर्न जागिर खाएको हुँयस्तो कुकर्म गर्न होइन रु म जागिर खान्नँ मेरो चिन्ता नलिनुस् अलिकति दुःख देलान् तर  सुरक्षित छु।’


उनी निरन्तर बोलिरहेका थिए, ‘भोलि–पर्सि तपाईंहरूलाई यो सरकारले मार्न सक्छ षड्यन्त्र भनेको यस्तो कुरा हो जसमा एक मिनेट बाँच्न सकियो भने त्यो पात्रको हातमा त्यही परिस्थिति हुँदैन षड्यन्त्र यस्तो चीज होतपाईंले एउटा खाल्डो फड्किनुभयो भने अर्को षड्यन्त्र नबन्न पनि सक्छ यसबाट जोगिएपछि तपाईं जोगिएको जोगियै हुन पनि सक्नुहुन्छ।’


उनले भनेजस्तै भयोहामी जोगिएका जोगियै भयौं


त्यो दिन मलाई लाग्योयस धरतीमा दुई प्रकारका मान्छे हुने रहेछन् एउटा शिव हबलदारजस्ताजोसँग मेरो कुनै दुस्मनी थिएन तर २०३० असोज २३ गते गिरफ्तार परेको दिनदेखि मलाई उनले राम्रो व्यवहार कहिल्यै गरेनन् किन उनले मलाई त्यस्तो गरे होलान्किन उनले हामीलाई मार्न उक्साए होलान्?


दोस्रो प्रकारका मानिस हुन्सब–इन्स्पेक्टर मोहनप्रसादजस्ता मैले उनलाई पहिला कहीँकतै चिनेको थिइनँकहिल्यै केही गुन लगाएको पनि थिइनँ तर सरकारबाट पाउने मानपदवीको आस मारेरजागिर धरापमा पारेरअझ भनौं ज्यान नै जोखिममा राखेर उनी असल र मानवीय व्यवहार देखाउँदै थिए


०००

साँच्चै !

अहिलेको राजनीतिमा म यसो हेर्छु– दुई प्रकारका मान्छे देख्छु पहिलोशिव हबलदारजस्ता र दोस्रोसबइन्स्पेक्टर मोहनप्रसादजस्ता

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अनुभव र स्मरण आउँदो पुस्तालाई सुनाउन युट्युब च्यानल ‘बा’ सुरु गरेका छन् यो लेख उक्त च्यानलमा राखिने पहिलो भिडियोको सम्पादित अंश हो

प्रकाशित : फाल्गुन ११२०७९ ०७:१९कान्तिपुर

 

सम्बन्धित