NP EN

विकास र समृद्धिका सपनाहरूले साकार रूप लिन थालेको छ: प्रधानमन्त्री

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले  लोकतान्त्रिक गणतन्त्रलाई जीवन पद्दतिका रुपमा स्थापित गराई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन, नयाँ संविधान कार्यान्वयन गर्न, संक्रमणकालको अन्त्य गरी गणतन्त्रलाई संस्थागत गर्न र विकासको यात्रालाई अघि बढाउन सरकार केन्द्रित रहेको बताउनुभएको छ । 

१४औं गणतन्त्र दिवसका अवसरमा शनिवार जंगी अड्डामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चेतनाको संस्थागत विकाससँगै विकास र समृद्धिका सपनाहरूले पनि साकार रूप लिन थालेको बताउनभयो। 

उहाँले जनताले आफूलाई शासन गर्ने, आफ्ना प्रतिनिधि आफै चयन गर्ने र आफ्नै सहभागितामा स्वतन्त्र ढङ्गले विकास गर्ने पद्दति बसालिएको बताउदै  राष्ट्रको सार्वभौम अभ्यासले नवस्थापित गणतान्त्रिक प्रणालीलाई मजबुत पार्दै राष्ट्रले अन्तर्राष्ट्रिय रुपमा समेत भिन्न पहिचान बनाएको उल्लेख गर्नुभयो ।

---------------------
<< १४औं गणतन्त्र दिवसका अवसरमा शनिवार जंगी अड्डामा आयोजित समारोह प्रधानमन्त्रीको सम्बोधन (पुर्णपाठ) >>

सम्बन्धित