NP EN

प्रधानमन्त्री ओलीद्वारा दमक क्याम्पसको भवन शिलान्यास

दमक, १४ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित दमक क्याम्पसको थप नयाँ भवनको शिलान्यास गर्नुभएको छ । क्याम्पसको संयोजनमा आज भर्चुअलका माध्यमबाट उहाँले भवनको शिलान्यास गर्नुभयो । 

शिलान्यास गरिएका व्यावसायिक प्रयोजनसहितका चारवटा ब्लक रहनेछन् । हरेक भवन अन्डरग्राउन्ड पार्किङसहित पाँच तलाका हुनेछन् । त्यसमा एकतला सटर र एउटा भवनमा छवटा कक्षा कोठा हुनेछन् । चौतीस कक्षा कोठा र १८ सटरसहितका भवन बन्ने सञ्चालक देउकुमार नेम्बाङले बताउनुभयो ।
 
नगरपालिकामार्फत रु आठ करोड ९४ लाखको लागतमा ठेक्का लागेको हो । निर्माण सम्झौता १० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने उहाँले बताउनुभयो । भर्चुअलमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पूर्वकै गहनाका रुपमा शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्न उक्त क्याम्पसलाई भौतिक पूर्वाधार बनाउनका लागि चालु आर्थिक वर्षमा उल्लेख्य बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएपछि अन्य संरचनाको नगरपालिकाका प्रमुख रोमनाथ ओलीले समेत स्थलगत शिलान्यास गर्नुभएको थियो ।

सम्बन्धित