NP EN

जननेता मदन भण्डारी र जीवराज आश्रितको २८औँ स्मृति दिवसका सन्दर्भमा सन्देश

काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको सम्बर्द्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील रहने बताउनुभएको छ । 

जननेता मदन भण्डारी र जीवराज आश्रितको २८औँ स्मृति दिवसका सन्दर्भमा आज एक सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री  ओलीले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने बताउनुभयो  । 

उहाँले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरी छोड्ने बताउनुभयो । 

राष्ट्रियताको सम्बर्द्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील रहने छौँ । अनि यी उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध, जन आधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने छौँ । प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ । 

२८ वर्ष अगाडि आजैका दिन रहस्यमय दास ढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको दुःखद निधन भएको थियो । 

उहाँले मदन- आश्रितको २८ औँ स्मृति दिवसको सन्दर्भमा नेकपा (एमाले)को सम्पूर्ण पार्टी पङ्क्तिका तर्फबाट दिवङ्गत नेताहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सम्बन्धित