NP EN

पशुपति चौलागाईको निधनप्रति अध्यक्षको शोक वक्तव्य

काठमाडौँ, २९ बैशाख: नेकपा (एमाले) का केन्द्रीय सदस्य, संविधानसभा सदस्य तथा बागमती प्रदेशसभाका सदस्य माननीय पशुपति चौलागाईको निधनप्रति दुःख व्यक्त गर्दै नेकपा (एमाले) का अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक प्रेस वक्तव्य जारी गर्नुभएको छ ।


अध्यक्ष ओलीले कमरेड पशुपति चौलागाईप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै उहाँको निधनबाट शोकमा पर्नु भएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँको निधनबाट पार्टीले एक असल र निष्ठावान नेतालाई गुमाउन पुगेकाे छ भने दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको कुरा उक्त प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

सम्बन्धित