NP EN

​पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन – अध्यक्ष

काठमाडौँ, २६ बैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन भन्ने सन्देश दिनु भएको छ ।

वक्तव्यमा भनिएको छ – “आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।”

वक्तव्यमा अगाडि भनिएको छ – “कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन् ।”

सम्बन्धित