NP EN

प्रधानमन्त्रीद्वारा रोकायाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १३ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज शोक वतmव्य जारी गर्दै उहाँले रोकायाको निधनबाट एमालेले इमान्दार नेता, डोल्पाका पार्टी कार्यकर्ताले असल अभिभावक र डोल्पाका जनताले लोकप्रिय नेतालाई गुमाउनुपरेको उल्लेख गर्नुभएको छ ।

विसं २०३६ देखि तत्कालीन नेकपा (माले)को राजनीतिमा संलग्न भएका रोकाया डोल्पाको कम्युनिस्ट आन्दोलनमा जनप्रिय र स्थापित नेता हुनुहुन्थ्यो । निमोनिया, दम, उच्च रक्तचाप र फोक्सोसम्बन्धी समस्याका कारण दुई साताअघि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा उपचारकै क्रममा आज निधन भएको हो ।

प्रधानमन्त्री ओलीले रोकायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन, शुभेच्छुक तथा डोल्पाका पार्टी कार्यकर्तामा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।  (रासस) 

सम्बन्धित