NP EN

विप्लपले वार्ता गर्छु भन्दा कतिपयमा आतंक: प्रधानमन्त्री

काठमाडौं, ९ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र विद्रोहको कार्यदिशा लिएर हिँडेका नेत्रविक्रम चन्द (विप्लप) ले वार्तामा आउने सन्देश दिएपछि कतिपयमा आतंक छाएको बताउनु भएको छ । 

राजधानीको दहचोकमा आइतबार सम्पन्न पाँचौं इन्द्रदह पर्यटन महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, पृथकतावादको राजनीति गरिरहेका सिके राउत त्यो बाटो छोडेर मुलधारमा आए, अब विप्लप वार्ता गर्छु भन्दै छन्, केहीलाई छटपटी भएको छ’ । 

इन्द्रदह महोत्सवमा पाँच वर्षअघि आउँदा आफूले देखेको फुर्सो डाँडामा, ऐतिहासिक र पुरातात्विक सम्पदा संरक्षण भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । त्यतिबेला मुस्किलसँग पुगिएको ठाउँमा अहिले पक्कीबाटो बन्नु देश बनाउने आफ्नो अभियानको नमूना भएको उहाँको थियो । ‘देश अघि बढी रहेको छ, मान्छेलाई पिर परेको छ’ , उहाँको भनाई थियो । आफूले कसले राम्रो भन्छ भन्दैन भन्ने कुरा विचार नगरेको बरु विकास हुनुपर्ने मान्यता राख्ने भनाई पनि उहाँको थियो । 

प्रधानमन्त्रीले इन्द्रदहलाई गत पाँच वर्षभित्र आकर्षक गन्तव्यको रुपमा विकास गर्न सफल भएकोमा स्थानीय जनता र जनप्रतिनिधिहरुलाई बधाइसमेत दिनुभयो । यी सत्तल जति ऐतिहासिक र पुरातात्विक भए पनि ओझेल परेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । ‘हामीले हाम्रो ठाउँ चिन्नु पर्छ’, उहाँको भनाई थियो। 

इन्द्रदह नेपाल एकीकरणको इतिहास बोक्ने स्थान भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब पुरै दहचोक डाँडालाई गुराँस लगाउँदै रातै बनाएर क्रमशः अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा विकास गर्नुपर्ने उहाँँले बताउनुभयो । देश एकिकरण गर्ने क्रममा दहचोकमा बनेका किल्ला र गढीको संरक्षण गर्नुपर्ने भनाई पनि उहाँको थियो । 

कार्यक्रममा स्थानीय चन्द्रागिरी नगरपालिकाका प्रमुख दहचोकको विकासमा प्रधानमन्त्रीले देखाउनुको भएको रुचि र सरकारबाट उपलब्ध स्रोत्प्रति आभार प्रकट गर्नुभयो । देशका एक सय गन्तव्यस्थान भित्र आफ्नो नगरपालिकाको क्षेत्र पर्नु र देशविकासको नयाँ प्रस्थान विन्दुको रुपमा रहेको सूरुंगमार्ग आफ्नै नगरपालिकामा रहेकोमा खुसी प्रकट गर्दै उहाँले प्रधानमन्त्रीको विकास प्रेमको प्रशंसा गर्नुभयो । 

यसै गरी वडा न. १ का अध्यक्ष राजेन्द्र केसीले प्रधामन्त्रीले आफ्नो कार्यकालको सूरुवातमै महोत्सव सहभागिता जनाए पछि वितेका तीन वर्षमा गाउँको कायापलट भएको उल्लेख गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्रीले देश धनी नभए पनि मन ठूलो भएका कारण हरेक नागरिकलाई कोभिड विरुद्ध खोप दिने लक्ष्य सरकारले लिएको समेत बताउनुभयो । 

काठमाडौंं उपत्यकामा अग्लो पश्चिमी विन्दुमा रहेको दहचोक नेपाल एकीकरणका महत्वपुर्ण किल्ला रहेको ऐतिहासिक स्थल हो । यस स्थानमा इन्द्र दहका साथै लिच्छवी कालिन मानिने इन्द्रर इन्द्राणीको मन्दीर एवं मल्लकालिन महादेव मन्दिरका साथै पुराना सत्तलहरु रहेका छन्। 























सम्बन्धित