NP EN

जितिया पर्वले सद्भाव र प्रेमको सन्देश प्रवाह गर्छ: प्रम

काठमाडौँ, २५ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । पूर्वी तराईवासी र थारु म्हिलाले मनाउने जितिया पर्वका अवसरमा  शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेकोसमेत बताउनुभयो ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष  आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उहाँले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन  आह्वानसमेत गर्नुभएको छ  ।

आश्विन कृष्णपक्षका सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको सप्तमीको दिनलाई लाहा खाएके, अष्टमीको दिनलाई उपास र नवमीको दिनलाई पारन भनिन्छ । सप्तमीको बिहान बर्तालुले नदीमा गई तोरीको पिना प्रयोग गरेर नुहाएपछि केही पिनालाई घिरौंँलाको पातमा राखेर खोलामा बगाउने चलन छ । (रासस)

सम्बन्धित