NP EN

​विद्युतीय सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्छः प्रम

काठमाडौँ, २३ भदौ: प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रवर्द्धन गर्ने बताउनुभएको छ । सुन्दर यातायात प्रालिले काठमाडौँ उपत्यकामा वातावरणमैत्री विद्युतीय सार्वजनिक बस सञ्चालन गरेको एक वर्ष पूरा गरेका अवसरमा आज शुभकामना दिँदै उहाँले यस प्रयासले आयातीत इन्धन प्रयोगमा कटौती गर्दै वातावरण संरक्षण र आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले कोभिड–१९ को महामारीलाई सामना गरी तीव्र विकास र सहज व्यावसायिक जीवनमा फर्काउँदै मुलुकको विकास र सेवा क्षेत्रलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको सन्देशमा उल्लेख छ । (रासस)

सम्बन्धित