NP EN

प्रम ओलीबाट श्रीलङ्काली प्रम राजपाक्षलाई बधाई

काठमाडौँ, २३ साउन: प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले नेपाल सरकार तथा नेपाली जनताका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र आफ्नातर्फबाट प्रधानमन्त्री राजपाक्षलाई टेलिफोन गरेर बधाई ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशका प्रधानमन्त्रीले पारस्परिक सम्बन्ध सुमधुर रहेकामा प्रसन्नता व्यक्त गर्दै भावी दिनमा त्यसलाई अझ सुदृढ बनाउने इच्छा दोहो¥याउनुभएको थियो ।  टेलिफोन वार्ताका क्रममा उहाँहरुले कोभिड–१९ विरुद्धका राष्ट्रिय अनुभव र दुवै देशका सरकारले त्यसका कारण उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न गरेका प्रयास र अनुभव आदानप्रदान गर्नुभएको थियो । 

परिस्थिति सामान्य बनेपछि उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने अभिलाषा पनि प्रधानमन्त्रीद्वयले व्यक्त गर्नुभएको थियो । भूकम्पपछि दुई सांस्कृतिकस्थलको पुनःनिर्माणका निम्ति सहयोग गरेकामा श्रीलङ्का सरकारप्रति प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभएको थियो । (रासस) 

[​Sri Lankan Prime Minister Mahinda Rajapaksa greets Buddhist monks following his election victory in the general election at his residence in Tangalle, Sri Lanka, Friday, Aug. 7, 2020. The country"s powerful Rajapaksa brothers secured a landslide victory in the parliamentary election, giving them nearly the two-thirds majority of seats required to make constitutional changes, according to results released Friday. Rajapaksa is likely to be sworn in the same position by his younger brother, President Gotabaya Rajapaksa, after the vote that could strengthen dynastic rule in the Indian Ocean island nation. (AP Photo/Eranga Jayawardena)]

सम्बन्धित