NP EN

​प्रमद्वारा कोभिड –१९ बाट निधन भएकाप्रति दुःख व्यक्त

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।  उहाँले आज बिहान ट्विट गर्दै भन्नुभयो, “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने  सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।”

उहाँले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गर्नु भएको छ । नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको  कोरोना भाइरसबाट शुक्रबार मृत्यु भएको थियो । (रासस)

सम्बन्धित