NP EN

राष्ट्रिय गान गाएर काेरोना भाइरसविरूद्धकाे लडाईँमा अग्रपंक्तिमा रहेकाहरूप्रति सम्मान

काठमाडौँ, १ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले "राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔँ" भन्ने ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधलाई साथ दिँदै आफ्नाे सरकारी निवासमा राष्ट्रिय गान गाउनुभएकाे छ । "याे अनुराेध  मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु" - प्रधानमन्त्रीले आइतबार ट्वीट गरेर सबै देशबासीहरूलाई यस अभियानप्रति साथ दिन आग्रह गर्नुभएकाे थियाे ।

विहान ८:०० बजे आयाेजित यस कार्यक्रमअन्तर्गत काेरोना भाइरसविरूद्धकाे लडाईँमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, राष्ट्रसेवक कर्मचारी  र सुरक्षाकर्मीहरूप्रति सम्मान व्यक्त गर्न नयाँ बर्षकाे पहिलाे दिन घरघरमा ताली बजाउन तथा राष्ट्रिय गान गाउन अनुराेध गरिएकाे हाे । यसमा देशभरि व्यापक जनसहभागिताका साथ आम जनताले ऐक्यबद्धता जनाएका छन् ।

सम्बन्धित