NP EN

प्रधानमन्त्रीद्वारा नेपाल सम्वत ११४० को शुभकामना

काठमाडौं, १२ कात्तिक, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताउनुभएको छ ।

नेपाल सम्वत ११४० को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सम्वत मौलिक सम्वत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ  “नेपाल सम्वतले  हामीलाई परोपकार तर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् । ”

नेपाल सम्वतका प्रवर्तक शंखधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिएको उल्लेख गर्नुभएको छ । शंखधर शाख्वाले गरिबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो सम्वत् सुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको छ “यसको सुरुवात जसरी विपन्ता विरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो,  त्यही अभिप्रायलाई पछ्याउदै हामीलाई  विपन्ता विरुद्ध, गरिबी विरुद्धको लड्न  नेपाल सम्वतको नयाँ बर्षले मद्दत्त पु¥याओस ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ “हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत्त पु¥याओस् । म सबैमा  हार्दिक शुभकामना व्यक्त गर्दछु  ।”

 

 

सम्बन्धित