NP EN

​प्रधानमन्त्रीद्वारा मानव सेवा आश्रमलाई एक करोड दिने घोषणा

भक्तपुर, १२ असोज  -प्रधानमन्त्री केपी शर्मा ओलीले मानव सेवा आश्रमलाई नेपाल सरकारका तर्फबाट रु एक करोड सहयोगको घोषणा गर्नुभएको छ ।

भक्तपुर कौशलटारस्थित सो संस्थाको नयाँ शाखाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संस्थाको अक्षय कोष स्थापना र अन्यका कामका लागि हुने गरी सो रकम सहयोग गरिने जनाउनुभएको हो । स्वयंसेवी भावनाले सो संस्थमा आवद्धहरुको अभियानबाट आफू प्रभावित भएकाले सरकार र स्थानीय तहले यस्तो अभियानमा सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले नेपाललाई चाँडै सडक बेसहारा र सडक बालबालिका मुक्त देश घोषणा गर्न सरकारी र मानवीय मन भएका सबैको पहल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकको समृद्धि केवल आर्थिक समृद्धि मात्र होइन, हामी मन र सभ्यताको समृद्धिको तहमा पनि पुग्नुपर्छ । केही नगरी केवल हल्ला र विरोध गरेर हिँड्नुको साटो यस्तै समाजसेवामा लाग्नु धेरै उचित हुनेछ ।”



 

सम्बन्धित