NP EN

​‘परिवर्तनका लागि लाग्दा प्रधानमन्त्री हुने कल्पनै गरेको थिइनँ’

काठमाडौँ, ९ असोज  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेकाले त्यसबेला आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको उल्लेख गर्नुभएको छ । ‘नेपालय’द्वारा प्रकाशित उहाँका समकालीन प्रा केआर खम्बुको पुस्तक ‘छायाँको लस्कर’ को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्ने समेत नलाग्ने गरेको उल्लेख गर्नुभयो । उहाँले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिष्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा सङ्गठिन र सचेत प्रयासका साथ थालनी गरेर शुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गर्नुभयो ।

“देशको सुखद् भविष्यको परिकल्पना थियो, आफ्नो बारेमा केही पनि परिकल्पना थिएन ।” उहाँले भन्नुभयो, “त्यसबेला भोकै हिँड्ने र भोकै पनि रहने गरिन्थ्यो । सुरक्षाकर्मीसँग छलेर हिँड्नु पथ्र्याे । पूर्वी पहाडका अधिकांश जिल्लाहरु पैदलै परिक्रमा पनि गरेको छु । एक पटक खुट्टामा खिल परेर छ महिनासम्म खोच्याएर हिँड्नु परेको थियो । विगतका कठिन दिनहरु रमाइला पनि थिए ।”

उहाँले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेका धन्यवाद दिनुभयो ।





 

सम्बन्धित