NP EN

अब विकासको गतिलाई तीव्र ढंगले अघि बढाउनु पर्दछ : प्रम ओली

काठमाडौं, १ असोज- प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक उपलब्धी हासिल भइसकेकोले अब विकासको गतिलाई तिव्र ढंगले अघि बढाउनु पर्ने बताउनुभएको छ । सातौं विज्ञान दिवशको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेकोे कार्यक्रमलाई आज राष्ट्रिय सभा गृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको विकासका चाहनालाई अघि बढाउन सबै प्रयास केन्द्रित गराउने बताउनुभएको छ । “सरकारबाट जनताले विकासका धेरै अपेक्षा राखेका छन् । यसमा हामी गम्भिर छौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तिव्र गतिमा काम गर्नका लागि विकासलाई प्रविधिसँग जोड्नु आवश्यक छ ।”

प्रधानमन्त्री ओलीले समय बदलिएको नभइ आफूहरुले समयलाई बदलेको बताउनुभयो । लोकतान्त्रिक व्यवस्था मार्फत नै देशलाई अघि बढाउनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । “नेपाली जनताले दुःख पाउनु पर्ने कुनै कारण छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “मूख्य गरी तीन कारणले नेपालीहरुले दुःख पाउनु हुदैन । पहलो हामी विद्वान र वीर पूर्खाका सन्तान हौं । दोस्रो हामी प्राकृतिक स्रोत र साधनले भरीपूर्ण ठाउँमा छौं र तेस्रो हामीसँग यूवा  र क्रियाशिल जनसंख्याको बाहुल्यता छ । यी सबै चीजको उपयोग हुने हो भने सबै नेपाली समृद्ध र सुखी  हुनेछन् ।”



प्रधानमन्त्री ओलीले विज्ञान र दर्शनलाई जीवनसँग जोड्नु पर्ने बताउनुभएको छ । “हाम्रा लागि अहिले धेरै अवसर छ । किनकि हामीलाई आवश्यक पर्ने धेरै प्रविधि अरुले नै पत्ता लगाइदिएका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले प्रविधिको सकारात्मक प्रयोग गरेर समाजलाई अगाडि बढाउनु पर्दछ ।”




 

सम्बन्धित