NP EN

प्रधानमन्त्री ओलीसँग सद्धगुरुको भेट

काठमाण्डौ ३ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट हुनेबित्तिक्कै साध्गुरु जग्गी वाशुदेवले भन्नु भयो, “हरेक वर्ष म नेपाल आउँछु, नेपाल मेरो मनमै छ ।”
प्रधानमन्त्री ओलीले नेपाल राजनीतिक संक्रमण पूरा गरी विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनु भयो । हामी हाम्रा भान्छामा खानेकुराले मात्र प्रवेश पाओस, विषादी नभित्रियोस भन्ने सोचका साथ काम गरिरहेका छौं भन्दै प्रधानमन्त्री ओलीले वातावरणको स्वच्छताका लागि हिमालय पर्वतको महत्वका बारेमा समेत चर्चा गर्नु भयो । 
गुरुलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अगुवाई गर्दै प्रधानमन्त्री समक्ष पु¥याउनु भएको थियो । प्रधानमन्त्री ओली र तीन जना पूर्व प्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल, झलनाथ खनाल तथा माधवकुमार नेपालसँगको वार्तामा गुरुले अमेरिकी विकासको नमूना विफल भइरहेको बताउनु भयो । तामिलनाडूस्थित इशा फाउण्डेसनका संस्थापक भारतीय योगीले नेपालको प्राकृतिक सौन्दर्य र पवित्रतालाई कायमै राख्दै वातावरणमैत्री विकास निर्माणलाई अघि बढाउन सुझाव दिनु भयो । 

औपनिवेशिक कालमा अरु देशको शोषण गरेर आफ्नो देश बनाउने विकासको नमूनालाई अब पछ्याउन हुँदैन भन्दै सध्दगुरुले विज्ञान र प्रविधिले मानिसको जीवनमा नकारात्मक असर समेत पारेको बताउनु भयो । पोषण र जीवनोपयोगी शिक्षाको व्यापक प्रसार गर्न सकियो भने नेपालजस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण देशमा समृद्धि र विकासका लागि बाहिरी दुनियाँको मुख ताक्नै पर्दैन । उहाँका अनुसार नेपाल पर्यटकहरुका लागि स्वर्ग नै हो । 


सम्बन्धित