NP EN

प्रधानमन्त्री ओली र बेलायती राजकुमार ह्यारीविच भेटवार्ता

लण्डन, २८ जेठ: बेलायत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार ह्यारीसँग भेटवार्ता गर्नुभएको छ । पूर्वी लन्डनमा रहेको केन्सिंगटन पैलेसमा राजकुमार ह्यारीसग भेटवार्ता गर्नुभएको हो ।

बेलायली प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गर्नुअघि उहाले राजकुमारसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा द्धपिक्षीय सम्वन्धका विषयमा छलफल भएको थियो । साथै भुकम्प गएको केही समयपछि नेपाल भ्रमणमा आएका राजकुमार ह्यारीले त्यसपछिको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । भेटवार्तामा प्रधानमन्त्री ओलीसहित उहाकी पत्नी राधिका शाक्य पनि सहभागी हुनुभएको थियो ।



सम्बन्धित