NP EN

प्रधानमन्त्री ओलीद्वारा मूख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था बारे जानकारी

काठमाडौं, २१ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का मूख्यमन्त्री डोरमणी पौडेलको स्वास्थ्य अवस्था जानकारी लिनुभएको छ ।

मुटुको एनजिओप्लाष्ट गरेर शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आराम गरिरहनु भएका पौडेललाई प्रधानमन्त्री ओलीले आज बिहान भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिदैं स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई उपचारमा संलग्न चिकित्सकहरुले पौडेलको स्वास्थ्य अवस्था बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले पौडेलको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको छ । 

मूख्यमन्त्री पौडेललाई मुटुमा समस्या देखिएपछि तीन दिन अघि अस्पताल भर्ना हुनुभएको हो ।

सम्बन्धित