NP EN

​सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको छ : प्रम ओली

पोखरा, १८ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताउनुभएको छ । नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को आज पोखरामा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माणको लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश विकासको यस अभियानमा युवाहरुलाई अनुशासित ढंगले सहभागी गराउनका लागि स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । “स्काउटले  दक्षता,योग्यता,अनुशासन र देशभक्तीपूर्ण भावना भएका युवाहरु तयार गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “स्कउाटले युवालाई कर्मवीर र राष्ट्रप्रति बफादार बनाउनु पर्दछ । ”




नेपाल प्रतिभाशाली मानिसहरु बस्ने भूभाग भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले युवाहरुको प्रतिभा देश विकासका लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । “हामी युवाहरुलाई सक्षम बनाउनु चाह्न्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “युवाहरुलाई भिडाएर झगडाको अखडा मात्र होइन ,उनीहरुलाई सृजनशिलता र उत्पादनमा लगाएर नेपाललाई शान्तीको थलो बनाउनु पर्दछ । ”





 

सम्बन्धित