NP EN

​प्रधानमन्त्री ओली दिल्ली प्रस्थान

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।
नेपाल एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीको साथमा पत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य लगायत दिल्ली प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओली शपथ ग्रहण समारोह सकिएलगत्तै भोलि जेठ १७ गते  साँझ ५.३० बजे स्वदेश फर्किने कार्यक्रम छ ।

सम्बन्धित