NP EN

महिला सशक्तिकरणको क्षेत्रमा नेपाल नमुना : प्रम ओली

 काठमाडौं, १६ जेठ ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल महिला सशक्तिकरणको क्षेत्रमा नमुनाको रुपमा अघि बढीरहेको बताउनुभएको छ ।

प्रथम राष्ट्रिय महिला अधिकार दिवशको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले २०६३ साल जेठ १६ गते पुनस्र्थापित संसदले पास गरेको महिला अधिकार सम्बन्धी बिधयकले नेपालमा सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । “महिला अधिकारको क्षेत्रमा कोशेढुंगाको रुपमा रहेको जेठ १६ गतेको दिनलाई सरकारले राष्ट्रिय महिला दिवशको रुपमा यस बर्ष ेदखि मनाउन सुरु गरेको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।



संविधानले महिला अधिकार सुनिश्चित गरेकै कारण संसदमा एकतिहाइ महिला जनप्रतिनिधि र स्थानीय तहमा ४० हजार जना जनप्रतिनिधि निर्वाचित भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “हामीले स्थानीय तहमा उपप्रमुखमा अनिवार्य महिलाको व्यवस्था गरेका छौं । कतिपयले महिलालाई स्थानीय तहमा मात्र स्थान दिएको भन्लान् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर त्यसो होइन । हामीले राष्ट्रपति महिला उपराष्ट्रपति पुरुषको अभ्यास गरिरहेका छौं । सभामुख महिला उपसभामुख पुरुषको अभ्यास हामीले गरिसकेका छौं । त्यस कारण नेपाल महिला सशक्तिकरणको क्षेत्रमा नमुना नै हो । ”

संविधानले व्यवस्था गरेको महिला अधिकारको व्यवस्था कार्यन्वयन गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

सम्बन्धित