NP EN

प्रधानमन्त्री ओलीद्वारा एक्सन रुमको उद्घाटन

काठमाडौं,१५ जेठ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युग तर्फ अघि बढेको बताउनुभएको छ ।

प्रधानमन्त्री कार्यलयमा आज तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मूख्यमन्त्रीहरुसँग राज्य सञ्चालना विविध पक्षमा  संक्षिप्त कुराकानी गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज अवस्था आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको बताउनुभएको छ । 

एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मूख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न,राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनको पनि अनुगमनलाई सार्थकता दिन सकिनेछ ।
   
 
 
 

सम्बन्धित