NP EN

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो उद्घाटन

काठमाडौं ३ जेठ,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज उद्ध्घाटन गर्नुभएको छ ।

खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता,प्रेम,सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनु पर्ने बताउनुभएको छ । “यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गर्नुभएको छ ।
 

सम्बन्धित