NP EN

प्रम ओलीबाट सिल्भर पेगोडा भ्रमण

नोम पेन्ह, ३१ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित आज सिल्भर पेगोडा  भ्रमण गर्नुभएको छ । वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भूइँका लागि प्रख्यात छ  जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ ।

सिल्भर पेगोडासम्म जाने भ¥याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२ मा पुनःनिर्माण गरिएको  थियो । यो कम्बोडियाको प्रसिद्ध हेर्नलायक दर्शनीय संरचना हो । प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डलले सो पेगोडाको शैली र वैभवताको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।  (रासस–विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी)

सम्बन्धित