NP EN

प्रम ओली र कम्बोडियाली प्रमबीच भेट

कम्बोडिया, ३० वैशाख: प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच आज राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको सम्मानमा कम्बोडियाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा प्रधानमन्त्रीद्वयले पहिले एक्लाएक्लै र पछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गर्नुभएको थियो । दुई देशबीच द्विपक्षीय सम्बन्ध सुुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लगायत विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको भ्रमणमा हुनुहुन्छ । उहाँका साथ धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारीलगायत हुनुहुन्छ । (रासस–विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी)

सम्बन्धित