NP EN

प्रम ओलीद्वारा स्वतन्त्रता स्मारकमा फूल अर्पण

कम्बोडिया, ३० वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी नोम पेन्हस्थित स्वतन्त्रता सेनानीको स्मारकमा फूल अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओली कम्बोडिया अधिराज्यका प्रधानमन्त्री समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,  प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र  परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारीलगायत हुनुहुन्छ । (रासस–विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी)

सम्बन्धित