NP EN

प्रम ओली रात्रिभोजमा

हनोइ, २९ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओली भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकले आज आयोजना गर्नुभएको औपचारिक रात्रिभोजमा सरिक हुनुभएको छ । सो अवसरमा नेपाली गीत तथा भियतनामी नृत्य प्रस्तुत गरिएको थियो ।

प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद, सरकारका उच्चपदस्थ अधिकारीलगायत समारोहमा सहभागी हुनुहुन्थ्यो ।  प्रधानमन्त्री ओली र उहाँको प्रतिनिधिमण्डल सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गर्नेछ ।  (रासस–विशेष प्रतिनिधि दीपेन्द्र अधिकारी‚

सम्बन्धित