NP EN

भूकम्पपछिको पुननिर्माणको तिव्रगतिमा : प्रम ओली

काभ्रेपलान्चोक, ११ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निमार्णको काम तिव्र गतिमा अघि बढेको बताउनुभएको छ ।काभ्रेपलान्चोकको सञ्जीवनी नमूना माध्यमिक विद्यालय धुलिखेलमा भवनको उद्घाटन गर्दै सो कुरा बताउनुभयो । अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला गठन भएको प्राधिकरणले आफ्नो बहिरगमनसँगै काम गर्न नसकेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “हामी सरकारबाट हटेपछि प्राधिकरणका प्रमुखलाई पनि हटाइयो । त्यसपछि पुनर्निमार्ण भन्दा राजनीति गर्ने प्रमुखहरु ल्याइए ” प्रधानमन्त्री ओलीले भन्नुभयो “जसले गर्दा पुनर्निमाणको गति एकदमै सुस्त भयो ।” प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनसँगै प्राधिकरण काममा गति बढाएको बताउनुभएको छ ।

 “अब हाम्रा हरेक कामहरु यस्तै गतिशिल र तिव्र रुपमा हुनुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा संरचनाहरु सुरक्षित र भूकम्प प्रतिरोधी पनि हुनुपर्दछ ।” प्रधानमन्त्री ओलीले शिक्षाले व्यक्तिलाई स्वरोजगारको अवसर दिनु पर्ने बताउनुभयो । “एम.एम.पढेको मान्छेले ध्वनीलाई लिपी र लिपीलाई ध्वनीमा परिणत मात्र गर्न सक्ने भने त्यसको के काम ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण  साक्षर बनाउने मात्र होइन जीनव निर्वाह गर्न सिकउने शिक्षाको आवश्यकता छ ।”

प्रधानमन्त्री ओलीले शिक्षामा नैतिकता र इमानदारिताको पाटो कमजोर हुदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । “जसले बढी अपमानजनक शब्द प्रयोग गर्छ त्यही सुरो हुने,जसले अफवाह फैलाउछ त्यही ठुलो सुचनादाता हुने । यस्तो अवस्थाबाट समाजलाई बाहिर ल्याउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “शिक्षक शिक्षक जस्तै भद्र हुनुपर्यो,पत्रकार पत्रकार जस्तै सही सुचनाको संवाहक हुनुपर्यो जो जुन पेशामा छ त्यो पेशाको मर्यादा कायम राख्न सक्ने हुनुपर्यो । ”


 
प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तर उठाउनका लागि सरकारले सहयोग गर्ने बताउनुभएको छ । “सामुदायिक विद्यालयमा गुणस्तर कायम हुन नसक्दा निजीमा महंगो पैसा तिरेर छोराछोरी पढाउनु परेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सामुदायिक विद्यालयका शिक्षकले पनि निजीसँग प्रतिष्पर्धा गर्न सक्ने गरीका विद्यार्थी उत्पादन गर्नुहोस । यसमा सरकारको साथ रहन्छ ।”





 

सम्बन्धित