NP EN

प्रधानमन्त्री ओलीद्वारा इजरायली प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना

काठमाडौं, ९ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओली र इजराइलका नवनिर्वाचित प्रधानमन्त्री वेन्यामिन नेतन्याहूसँग गए राती टेलिफोनमा कुराकानी भएको छ । कुराकानीमा प्रधानमन्त्री ओलीले इजरायलका नवनिर्वाचित प्रधानमन्त्री नेतन्याहुलाई  वधाई ज्ञापन गर्नुभएको छ ।

पाचौं पटक प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएका इजराइलका नवौं प्रधानमन्त्री नेतन्याहूप्रति वधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध दौत्य सम्बन्धलाई झनझन प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नु भयो । दुई प्रधानमन्त्रीहरुबीच उपयुक्त समयमा दुई देशबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्न आवश्यक रहेको विषयमा पनि संक्षिप्त छलफल भएको थियो ।

सम्बन्धित