NP EN

नेकपाको एकतामा देशै खुशी हुनुपर्दछ : प्रम ओली

काठमाडौं, ९ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को एकतामा देश नै  खुशी हुनु पर्ने बताउनुभएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको ७० औं बार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्यूनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको दुईवटा ठुला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी मनाउनु पर्ने बताउनुभयो । “हाम्रो एकतामा कम्यूनिष्ट पार्टीले मात्र होइन देशले नै खुशी मनाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो  “किनभने यो स्थिरताको सुरुवात हो । देश अघि बढाउने कार्ययोजनाको एकता हो ।”

प्रधानमन्त्री ओलीले कुनै बेला कम्यूनिष्टहरुको अन्तराष्ट्रिय गीत ‘हामी जित्नेछौं एक दिन ’ खुब गाउने गरेको प्रसंग निकाल्दै आज कम्यूनिष्टहरुले जितेको दिन भएको बताउनुभएको छ । “त्यतीबेला हामी जित्नेछौं ।  एकदिन भन्ने गीत गाउथ्यौं तर आज हामीले जितेका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “लामो समयसम्म स्वार्थको राजनीति भएर कम्यूनिष्टहरुले जित्न सकेनन् । जब आफ्नो स्वार्थ गौंण र देशको स्वार्थलाई प्रधान मान्ने नेतृत्व आयो तब कम्यूनिष्टले जित्यो ।”



प्रधानमन्त्री ओलीले काँग्रेसका केही नेता अझै पनि राजतन्त्र ब्यूताउँने सपना देखिरहेको बताउनुभयो । “बिगतमा काँग्रेसका कारण प्राप्त उपलब्धीहरु जोगाउन सकिएन । उसको बानी सहयात्रीहरुलाई अविस्वास गर्ने र बिरोधीहरुसँग मिल्ने छ । अहिले पनि त्यो बानी गएको छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीले सरकारले देश विकासका निम्ती राम्रा काम गरिरहेको स्पष्ट पार्नुभयो । “गान्धारीले आँखामा पट्टी बाधेकी थिइन् र केही देख्दिन थिइन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेका केही केही मानिसले चेतनामा पट्टी बाँधेकोले सरकारको काम देखेका छैनन् । ”

अब केही दिनमा आउने सरकारको नीति तथा कार्यक्रममा गतबर्ष जनताले अत्याधिक माग गरेका तर समेट्न नसकिएका मागहरु सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पत्रकार शुभशंकर कंडेलले लेखेको पुस्तक अवतरणको अंग्रजी संस्करण दि सेफ ल्याण्डिङ र एमाले माओवादी एकताका आधारको विमोचन गर्नुभएको छ । 

सम्बन्धित