NP EN

प्रधानमन्त्री ओलीद्वारा कर्णेल थापाको सालिक अनावरण

बुटवल, ७ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अंग्रेजी युद्धका एकजना कमाण्डर कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्नुभएको छ ।

बुटवलको जितगढीमा आज आयोजित जितगढी बिजय उत्सव समारोहमा प्रधानमन्त्री ओलीले सालिक अनावरण गर्नुभएको हो । विसं १९७२ मा नेपाल अंग्रेज युद्धका बेला कर्णेल थापाको नेतृत्वको नेपाली फौजले अंग्रेज फौजलाई परास्त गरेको थियो । सोही समारोहमा प्रधानमन्त्री ओलीले जितगढी किल्लामा ४२ फिट अग्लो नेपालको झण्डा पनि झण्डोतोलन गर्नुभएको छ ।



प्रधनमन्त्री ओलीले उजिरसिंह थापाले व्यक्तिका्े स्वार्थका लागि नभइ देशका लागि योगदान गरेको प्रधनमन्त्रीले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ऐतिहासिक किल्लाहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले जितगढी मात्र नभइ देशैभरीका किल्ला र गढहरुको संरक्षण गरिने बताउनुभएको छ । “सरकारले देशैभरीका किल्ला र गढीहरुको संरक्षण गर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “संरक्षण कार्यलाई सरकारले अभियान कै रुपमा अघि बढाउदछ ।”



सरकारले विकास र समृद्धिका केन्द्रभागमा राखेर काम गरिरहेको प्रधनमन्त्री ओलीको भनाइ छ । सुशासनको माध्यमबाट भ्रष्टाचार न्यूनिकरण गर्दै जनताका विकासका आकांक्षा पुरा गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सम्बन्धित